सिनो हाइड्रोद्वारा मेलम्ची खानेपानी आयोजनामा सुरक्षा माग

सोमवार, भदौ १६, २०७६



काठमाडौं । बहुचर्चित मेलम्ची खानेपानी आयोजना निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी सिनो हाइड्रोले सुरक्षाको माग गरेको छ ।

काम सम्पन्न नहुँदै निर्माणको जिम्मा पाएको इटालिएन कम्पनी सिएमसी कम्पनी भागेपछि सरकारले बाँकी निर्माणको काम चिनियाँ कम्पनी सिनो हाइड्रोलाई दिने निर्णय गरेको थियो । निर्माणको जिम्मा पाएको उक्त कम्पनीलाई स्थानिय ठेकेदारहरुले आफुहरुले पाउनु पर्ने रकम नपाए सम्म काम अघि बढ्न नदिने चेतावनी दिएसँगै सरकारसँग सुरक्षा माग गरेको हो ।

इटालियन कम्पनी सिएमसी भागेसँगै श्रमिक, सप्लायर्स र स्थानीय ठेकेदार गरी १ हजार २ सय भन्दा बढीले भुक्तानी माग्दै आवेदन दिएको आयोजनाले जानकारी दिएको छ ।

लामाे समय देखी राेकिएकाे मेलम्ची खानेपानी आयोजना निर्माणको जिम्मा सिनाे हाइड्राेले पाएपछि उनीहरुले आफ्नो रकम नपाएसम्म निर्माण कार्य  शुरु गर्न नदिने चेतावनी दिएसँगै उक्त कम्पनीले सुरक्षा मागेको हो । सरकार र सिनो हाइड्रोबीच ठेक्का सम्झौता हुन भने बाँकी छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata