मेलम्ची खानेपानीको काम तत्काल अघि बढाउन संसदीय समितिको निर्देशन

बुधबार, जेष्ठ १, २०७६



काठमाडौं । बहुचर्चित मेलम्ची खानेपानी आयोजनाको बाँकी काम तत्काल अघि बढाउन संसदीय समितिले सरकारलाई कडा निर्देशन दिएको छ ।

आयोजनाको काम थालेको वर्षाै वितिसक्दा समेत काठमाडौंवासीले मेलम्चीको खानेपानी सुविधा अझै अन्यौल रहेको भन्दै संसदीय समितिले सरकारलाई तत्काल बाँकी काम अघि बढाउन निर्देशन दिएको हो ।

समितिको बुधबार सिंहदरबारमा बसेको बैठकले सरकारको नीति तथा कार्यक्रम अनुसारनै आगामी आर्थिक वर्षको बजेट निर्माण गर्न/गराउन खानेपानी मन्त्रालयलाई सचेत गराएको समितिकी सभापति कल्याणी खड्काले जानकारी दिएकी छिन् ।

समितिले राष्ट्रिय खानेपानी तथा सरसफाई नीति सम्बन्धि ऐन शिघ्र तर्जुमा गरी कार्यान्वयनमा ल्याउन समेत निर्देशन दिएको छ ।

बैठकमा खानेपानी मन्त्री विना मगरले मेलम्ची खानेपानी अघि बढाउन मन्त्रीपरिषदको बैठकमा प्रस्ताव सहित अघि बढ्ने प्रतिवद्धता ब्यक्त गरेकी छिन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank