सातै प्रदेशमा मेगा जलविधुत आयोजना अगाडि बढाईन्छः ऊर्जामन्त्री

बुधबार, असार १३, २०७५



काठमाडौँ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सात प्रदेशमा सात मेगा जलविद्युत् आयोजना अघि बढाइने बताएका छन ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सांसदले उठाएका प्रश्नका जवाफ दिँदै उनले ठूला र राष्ट्रिय गौरवका आयोजनालाई पर्याप्त बजेट विनियोजन गरिएको र तराईमा भरपर्दो सिँचाइ व्यवस्था गरिएको जानकारी दिए । उनले भने– अबदेखि कसैले झोलामा खोला राख्ने अवस्था छैन ।

आगामी तीन वर्षदेखि विधसत आपूर्तिमा मुलुक पूर्ण आत्मनिर्भर हुने गरी काम भइरहेको पनि उनले बताए ।

मन्त्री पुनको जवाफमा सांसद्हरु प्रेम सुवाल, देवप्रसाद तिमल्सिना, रामबहादुर विष्ट, दिलेन्द्रप्रसाद बडू, सत्यनारायण खनाल, विमलप्रसाद श्रीवास्तव र मीना पाण्डेले थप स्पष्टीकरण माग गरेका थिए ।

100 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank