प्रवेश पत्र जलाउँदै मेडिकल कलेजका विद्यार्थीले गरे परिक्षा बहिस्कार

बुधबार, मंसिर १८, २०७६



काठमाडौं । चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीले परिक्षा बहिस्कार गरेका छन । बिडिएस, नर्सिङ लगायत ८ संकायका परीक्षार्थीले परीक्षा बहिस्कार गर्दै परिक्षा प्रवेशपत्र जलाएका छन ।

आन्दोलनरत चितवन मेडिकल कलेजका विद्यार्थीले बुधबारदेखि सुरु हुने बिडिएस, फार्मेसी, बिएम आइटी , बिएम एल्टि, बि पि एचको परीक्षा बहिष्कार गर्दै कलेज अगाडि प्रदर्शन गरेका छन् ।  उनीहरुले मेडिकल माफिया मुर्दावाद, प्रहरी दमन मुदाबाद जस्ता नारा लगाउँदै परिक्षा बहिस्कार गरेका हुन ।

युनिभर्सल मेडिकल कलेज, चितवन मेडिकल कलेज, नेसनल मेडिकल कलेज र जानकी मेडिकल कलेजका विद्यार्थीले परीक्षा बहिस्कार गरेका हुन्। मंसिर १० एमबिबिएस पहिलो र दोस्रो वर्षमा उठाइएको गैरकानुनी शुल्क फिर्ता गर्ने सहमति गरेको भए पनि शुल्क फिर्ता नगरेको भन्दै विद्यार्थीहरुले परिक्षा बहिस्कार गरेको जनाएका छन । उनीहरुले शुल्क समायोजनामा शिक्षा मन्त्रालयले समेत धोका दिएकोमा आक्रोश व्यक्त गरेका छन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata