निजि क्षेत्रको पहलमा चीनबाट थप स्वास्थ्य सामाग्री ल्याइदै

बिहिबार, चैत्र २०, २०७६



एजेन्सी । चीनबाट आज थप स्वास्थ्य सामाग्री ल्याइँदै छ । स्वास्थ्य सामाग्री ल्याउन नेपाल एयरले बिहीबारका लागि कार्गाे उडान अनुमति पाएको नागरिक उड्डयन प्राधिकरणले जनाएकाे छ ।

स्वास्थ्य सामाग्री ल्याउनको लागि नेपाल एयरको विमान बिहान ११ बजे काठमाडौंबाट ग्वान्जाओ जाँदैछ । उक्त विमान बिहीबार राती नै स्वास्थ्य सामाग्री लिएर काठमाडौं फर्कने तालिका छ ।

गत शनिबार पनि स्वास्थ्य सामाग्री ल्याउनको लागि नेपाल एयर ग्वान्जाओ गएको थियो । चीनबाट १९ प्रकारका औषधि ल्याइएको छ । थप सामाग्री ल्याउनको लागि बिहीबार पुनः नेपाल एयर चीन जान लागेकाे हाे । निजी क्षेत्रका विभिन्न कम्पनीहरू मिलेर विमान चार्टर गरेका हुन् ।

यसअघि सरकारकोतर्फबाट विमान  चार्टर गरिएको थियो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments