कांग्रेस पछि हट्याे, मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभामा

बिहिबार, भदौ १२, २०७६



काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले विरोधको सुचना फिर्ता लिएपछि चर्चामा रहेको मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभामा पेश भएको छ ।

कांग्रेस सांसदहरुले राखेको विरोधको सूचना फिर्ता लिएपछि विहिबार सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले उक्त विधेयक पेश गरेका हुन् । विधेयक पेश गर्दै मन्त्री बाँस्कोटाले विधेयकका विषयमा पत्रकार महासंघसँग छलफल भएको जनाए । यसमा व्यापक छलफल गर्न सक्छौं । यसका विभिन्न प्रक्रिया रहेको बताए ।

मिडिया काउन्सिल विधेयक आम संञ्चार र मानव अधिकार विपरित रहेको भन्दै पत्रकार महासंघले यस अघि चरणबद्ध रुपमा आन्दोलन गर्दै आएको थियो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata