आपतकाल लगाउन राष्ट्रपति म्याक्रोन छलफल गर्दै

सोमवार, मंसिर १७, २०७५



पेरिस । फ्रान्सको राष्ट्रपति इमानुएल म्याक्रोनले आइतबार भएको पेरिस दङ्गा पछि एक दिनमा हुने आर्थिक नोक्सानको सर्वेक्षण गरेका छन् । पहेंलो ज्याकेट धारीले गरेको विरोध प्रदर्शनमा मुलकले करोडौंको आर्थिक क्षती भोगेपछि उनी आफ्ना मन्त्री र शिर्ष सुरक्षा अधिकारीसँग संकटको बारेमा बातचीत गर्न ब्यस्त भएका हुन् ।

पेरिस प्रहरीले जनाए अनुसार,शनिबारको उग्र प्रर्दशनमा ४१२ मानिसलाई गिरफ्तार गरिएको छ । जसमध्ये ३७८ मानिसलाई हिरासतमा राखिएको छ । देशमा २६३ जना घाइते भएका छन् ।भने राजधानी पेरिसमा १३३ घाइते मध्य २३ सुरक्षा बलका सदस्य  रहेका छन् ।

उग्र प्रर्दशनलाई लिएर राष्ट्रपति म्याक्रोनले भने, म हिंसा कहिल्यै स्वीकार गर्दिन । कुनै यस्ता कारण छैनन् । जसले अधिकारीलाई आक्रमण गरोस । व्यवसाय लुटियोस, यात्रीद्वारा पत्रकारलार्इ धम्की दिइदैछ । साथै आर्क दु ट्याम्फेलाई अशुद्ध गरिदिदैं छ ।

आइतबार पहेंलो ज्याकेट धारीको प्रदर्शनले उग्ररुप लिदैं तुइलरीज गार्डेनको विशाल फलामे गेट भत्काउँदा फलामे गेटले च्यापीएर थुप्रै मानिस घाइते भए भने एकको अबस्था अत्यन्त नाजुक बन्यो । १९० घरमा आगजनी गरिए पछि पहेंला ज्याकेटधारीले नारा लगाए, पहेंला बेश्याले जीत्ने छौं । सबै घटना पश्चात राष्ट्रपति आपतकाल लगाउने छलफलमा जुटेका हुन् ।

94 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank