नगर प्रमुखले मनाेमानी गरेकाे भन्दै उपप्रमुखद्वारा विराेध

सोमवार, कार्तिक १९, २०७५



बाजुरा । बुढीनन्दा नगरपालिकाले शिक्षा ऐन र नियमावली विपरित शिक्षक दरबन्दी कायम गरि सरुवा मिलान गरेको प्रति विरोध गरिएको छ ।  नगर प्रमुख पदम कुमार गिरीको एकलौटी र मनोमानी निर्णयबाट ऐन र नियमावली विपरित काम गरेको विरोधमा उपप्रमुख सृष्टी रेग्मीले विज्ञप्ती मार्फत विरोध गरेकी छन् ।

नीति अनुसार चल्न निर्देश दिने व्यक्तिबाटै केही व्यक्तिगत लाभ र स्वार्थमा रहेर नियम विपरित कार्य गरिएको भन्दै निर्णय सच्याउन अनुरोध सहीत विज्ञप्ती मार्फत गरिएको गरिएको छ ।

नगर प्रमुख गिरीले आफ्ना नातेदार र केही निकटका व्यक्तिहरुलाई जागिर मिलान गर्न र व्यक्तिगत स्वार्थका लागि गरिएको निर्णय मान्य नहुने र नियम संगत नगरिए कानुनी प्रक्रियामा जाने उपप्रमुख सृष्टी रेग्मीले हस्ताक्षर गरि प्रकाशित गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ । शिक्षकको दरवन्दी मिलानको नाममा पूर्ण दरवन्दी भएका विद्यालयमा अन्य विद्यालयका दरवन्दी खाली गरी आफ्ना दल निकटका कार्यकर्ता र आसेपासेलाई सरुवा गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

नियमानुसार खुला विज्ञापन गरी प्रतिस्पर्धा गराई आवश्यक रिक्त दरवन्दीमा कर्मचारी भर्ना गर्न सकिने भए पनि नगरपालिकाको स्वास्थ्य शाखा अन्र्तगत कर्मचारी पनि एकलौटी भर्ना गरिएकोले कर्मचारीलाई नियुक्ति नदिन र नियुक्ति दिएको भए खुला प्रतिस्पर्धा गराई कर्मचारी भर्ना नगर्दा सम्म तलव भत्ता रोक्का गर्न समेत विज्ञप्ती मार्फत भनिएको छ ।
विज्ञप्ती मार्फत प्रमुख प्रशासकीय अधिकृत र लेखा प्रमुखको ध्यानार्कषण गराईएको छ । पूर्वाधार सम्वन्धी योजनामा प्रयोग हुने मेसिनरी सामानहरुको प्रयोग पनि खुला बोलपत्र आह्वान गरी प्रतिस्प्रर्धाको माध्यमबाट गराउन समेत ध्यानार्कषण गरिएको छ ।

विज्ञप्तीमा स्वास्थ्य गाँसिएको ठाउमा काम कम भएको भएपनि बढी काम भएको देखाउन नगरप्रमुखले प्राविधिकलाई दवाव दिने गरेको, उपप्रमुखको अनुगमन प्रतिवेदन विना भुक्तानी भई रहेको र आर्थिक बेथितीमा गतिविधी नगर प्रमुखको स्वार्थ र भ्रष्ट मानसिकताका कारण देखिएकोले तत्काल नरोकिए कानुनी प्रक्रियामा जाने उल्लेख गरिएको छ । नगर प्रमुख गिरी माथि आर्थिक आश देखाउने र स्वार्थ बाहेकका काम नगर्ने गरेको आरोप उपप्रमुखले लगाउँदै आएकी छन् । सर्वाेच्च अदातले स्थानिय निकायमा कुनै पनि सरुवा नगर्न   फैसला गरेको छ ।

काँग्रेसबाट निर्वाचित मेयर पदम कुमार गिरीले एकल  निर्णय

darbandi milan

नेकपाबाट निर्वाचित उपमेयर  सृष्टी रेग्मीद्वारा जारी विज्ञप्ती

bige

शिक्षा मन्त्रालय र सर्वाेच्व अदालत विपरित काम गरेकाले तत्काल निर्णय सच्याउनु पर्ने उप प्रमुख रेग्मीले नेपालपाटी डटकमलार्इ बताएकी छन् ।  नीति निर्माताहरुले नै विधानतह काम गर्नु पर्ने अाफ्नाे मुख्य माग रहेकाे रेग्मीकाे भनार्इ रहेकाे छ ।

जिल्ला शिक्षा ईकाइ मार्फत जारी गरेकाे शिक्षक सरुवा सम्बन्धी प्रतिवेदन

ca

court

198 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank