संशोधन गरेर मात्रै पारित गर्न एमसीसी कार्यदलको सुझाव

शुक्रबार, फाल्गुन ९, २०७६



काडमाडौं । मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्बन्धि अध्ययन गर्न गठित नेकपाको कार्यदलले यथाहालतमा पास नगर्न सुझाव दिएको छ ।

पार्टीका सचिवालय सदस्य तथा वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको कार्यदलले एमसीसीका केही बुँदा संशोधन गर्न सुझाव दिँदै प्रतिवेदन बुझाएको हो । प्रतिवेदन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई हस्तान्तरण गरिएको छ ।

“शुक्रबार दिउँसो बसेको बैठकले प्रतिवेदनलाई अन्तिम रूप दिएको थियो । यथाहालतमा पास नगर्नू भन्ने सुझाव दिइएको छ । केही बुँदा संशोधनको सुझाव पार्टीलाई दिइएको छ,” उच्च स्रोतले जानकारी दियो ।

प्रतिवेदन बुझाउन कार्यदलका संयोजक खनाल तथा सदस्यहरू भीम रावल र प्रदीप ज्ञवाली बालुवाटार पुगेका थिए ।

गत माघ १९ गते सकिएको केन्द्रीय कमिटी बैठकले एमसीसी अनुदान प्रस्तावबारे अध्ययन गर्न कार्यदल गठन गरेको थियो । कार्यदललाई अध्ययन गरेर सुझाव दिन १० दिनको समय दिइएको थियो । त्यसअवधिमा प्रतिवेदन तयार नभएपछि १० दिन थप गरिएको थियो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments