नुवाकोटको ककनी गाउँपालिकामा माओवादी केन्द्रका उम्मेद्वार विजय्री

शुक्रबार, जेष्ठ ५, २०७४



नुवाकोटको ककनी गाउँपालिकाको प्रमुख तथा उपप्रमुख पदमा माओवादी केन्द्रका उम्मेद्वारहरुले विजय प्राप्त गरेका छन्। आज सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार माओवादीका मानबहादुर लामा प्रमुखमा र सीता खतिवडा उपप्रमुखमा निर्वाचित भएका छन्।

निर्वाचन अधिकृतले दिएको जानकारीअनुसार प्रमुखमा निर्वाचित लामाले ४ हजार ५ सय ३४ मत ल्याएर निर्वाचित भएका हुन्। उनका नजिकका प्रतिस्पर्धी काँग्रेसका दीपेश लामाले ३५९१ मत पाएका छन्।

उपप्रमुखमा निर्वाचित खतिवडाले १ हजार ४ सय ६ मत पाइन् भने काँग्रेसकी लजिता लामा तामाङले १ हजार १ सय १ मत प्राप्त गरिन्।

309 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank