“”

नागार्जुन नगरपालीकाको मेयर उपमेयरमा कांग्रेस – एमाले

शनिबार, जेष्ठ ६, २०७४



काठमाडौं जिल्लाको नागार्जुन नगरपालिकामा नेपाली काँग्रेस विजयी भएको छ। काँग्रेसका मोहन बस्नेत ६९६१ मतसहित विजयी भएका हुन्। उनका निकटम प्रतिद्वन्द्वी एमालेका कृष्णहरि खत्रीले ६७२६ मत प्राप्त गरेका छन् ।

यसका साथै नागार्जुनको उपमेयर भने एमालेले जितेको छ। एमालेकी सुशीला अधिकारीले ६८७१ मत पाएर उप मेयर पदमा विजयी भएकी छिन् । उनका निकटतम प्रतिद्धन्दी काँग्रेसकी कल्याणी खड्काले ६७९१ मत पाएकी छन् ।

नागार्जुनको १,२,३ र ४ मा एमालेले बिजयी हासिल गरेको ५ नं मा राप्रपा र बाकी ६,७,८,९ र १० वडामा कांग्रेसले जीत हासिल गरेको छ । वडा नं ८ मा नेपाली कांग्रेसले अध्यक्ष मात्र जितेको र बाकी सदस्यहरु एमालेबाटै आएकाले नगरमा प्रतिनिधिको संख्यात्मक  हिसावले कांग्रेस भन्दा एमाले अगाडि रहेको छ  ।

5360 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank