माया पिरती आकाश, धर्तीको जस्तो होस

शनिबार, अशोज ६, २०७५

- मन्जु सिल्वाल (त्रिपाठी) धादिङ



संस्कार आमा बाबाको, अर्तीको जस्तो होस।
अनुशासन सेनामा, भर्तीको जस्तो होस।

साथैमा हुनुपर्छ , छुनुपर्छ भन्ने छैन,
माया पिरती आकाश, धर्तीको जस्तो होस।

सुनमात्र बेचेर, नाफा कहाँ पाइन्छर,
मुनाफा खाने बाहाना, जर्तीको जस्तो होस।

खै कुन्नी! के मा चित्त दुख्यो, आँसु झार्दै भन्थे,
तिम्रो दुखाइ यो मुटु , चर्चर्तीको जस्तो होस।

हे प्रभु! हर मानव आत्मामा, बुद्धत्व ज्ञान ,
शुद्ध गायत्री मन्त्र , फर्फर्तीको जस्तो होस।

212 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank