देशभरको मौसम बदली, भारी बर्षाकाे सम्भावना रहेकाले सचेत रहन मौसमविदकाे आग्रह

सोमवार, साउन २१, २०७५



काठमाडौं। आज देशभरको मौसम बदली हुनुका साथै भारी बर्षा हुने सम्भावना रहेको मौसमबिदहरुले जनाएका छन् । आइतबार रातिदेखि लगातार भर्इरहेकाे बर्षा आज दिनभरी नै  हुने सम्भावना रहेकाे  जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमविद्का अनुसार आज मध्य र पश्चिमका धेरै ठाउँमा ठूलो वर्षाको सम्भावना छ । केही ठाउँमा ठूलो वर्षा भइरहेकाले बाढी पहिरोको जोखिम बढेको छ ।

मध्य र पश्चिमी क्षेत्रका खोलानालामा बाढीको खतरा रहेको बाढी पूर्वानुमान शाखाले जनाएको छ । शाखाले देशभरका नदीहरुको बहाव बढ्ने भएकोले सतर्क रहन अनुरोध गरेको छ ।

बाग्मती–खोकना बाढी केन्द्रमा बहाब सतर्कता तह नजिक र बढ्दो क्रममा रहेको जनाइएको छ । त्यसैगरी काठमाडौं उपत्यकाका नख्खु, मनोहरा, बागमती, धोवीखोला, विष्णुमती लगायतमा बहाब बढ्दो रहेको शाखाले जनाएको छ । शाखाले थुप्रै स्थान डुवानमा पर्न सक्ने भएकाले सतर्क रहन आग्रह गरेको छ । दाङ, बांके, बर्दिया, कैलाली, सुर्खत, झापा, मोरङ, सुनशरी, सिन्धुली जिल्लामा सतर्क रहन पूर्वानुमान शाखाले आग्रह गरेको छ ।

590 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank