बाढी पहिरो अझै भयावह हुनसक्ने मौसम विज्ञान विभागको चेतावनी

आइतवार, साउन २९, २०७४

loading...


काठमाडौं । जलविज्ञान र मौसम विज्ञान विभागले अझै शक्तिशाली बाढी आउने सम्भावना रहेको जनाएको छ। विभागले स्थिति भयावह हुनसक्ने जनाउँदै सम्बन्धित निकायलार्इ सचेत गराएको छ।

भूउपग्रहबाट लिइएको तस्वीर सार्वजनिक गर्दै विभागको आधिकारीक ट्वीटरमा ट्वीट गरिएको छ, ‘बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासीमा हार्इ अलर्ट।’ विभागका अनुसार सोमबार बिहान नारायणी नदी पनि खतराको चिन्हभन्दा माथि जानसक्छ। आसपासका क्षेत्रका नागरिकलार्इ सतर्क रहन विभागले आग्रह गरेको छ।

आइतबारदेखि मनसुन मध्य क्षेत्र र पश्चिम क्षेत्रमा केन्द्रित भएको मौसम विभागले जनाएका छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगका अनुसार आइतबार बिहानदेखि मध्य र पश्चिमका क्षेत्रमा मनसुन केन्द्रित भएको जनाएका हुन्।

उनका अनुसार भैरहवा, कपिलवस्तु, नवलपरासी, दाङ, सुर्खेत, बाँके, बर्दिया, कञ्चनपुरतर्फ मनसुन केन्द्रित भएको छ। पूर्वमा मनसुनको असर कमजोर भएको उनले बताएका छन्।

केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ, उनले भने। महाशाखाका अनुसार सिमरामा २१७ दशमलव २, नेपालगञ्जमा १६९ दशमलव ३ र दाङमा १६७ दशमलव ४ मिलिमिटर वर्षा भएको छ।

पानी पार्ने न्यून चापीय मनसुनी रेखा नेपालको चुरे पहाडी क्षेत्रसम्म आएपछि शनिबार देशैभर भीषण वर्षा भएको विभागले जनाएको छ। मौसम पूर्वाधार महाशाखाका अनुसार अविरल वर्षाका कारण पूर्व–पश्चिम राजमार्ग अन्तर्गतका बबई नदीमा पानीको सतहले खतराको चिन्हभन्दा माथि गएको छ।

नारायणी, कोशीसँगै झापाका कनकार्इ, मेची, निन्दा, टाङटिङ र बिरिङ तथा पथरी, त्रियुगा, बुढी खोला, बागमती, पूर्वराप्ती, रिउखोला, विनयखोला, अरुण खोला, तिनाउ, वाणगंगा र पश्चिमका मछेली, मोहना, बबई तथा अन्य साना खोलामा पनि जलाधार खतराको चिन्ह पार गरेकाले सचेत रहन आग्रह गरेको छ।
शुभ दिन डटकम

382 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Nic Asia
dashain suvakamana
Asia Pacific Trade Concern Janamat health right side janta bank saral flyer Below blog adv