आज देशभर मौसम बदली, साँझबाट मौसम खुल्ने

आइतवार, मंसिर २९, २०७६



काठमाडौं । विगत तीन दिन अघि देखि नेपाल भित्रिएको पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव आजसम्म रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले जानकारी दिएअनुसार आज साँझबाट मौसम खुल्न थाल्नेछ । भोलिदेखि पहाडका केही भूभागबाहेक अन्यत्र देशैभरी मौसम सफा रहने छ । हाल देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रहेको महाशाखाले जनाएको छ ।

नयाँ प्रणाली भित्रिएको समयमा सबैभन्दा चिसो जुम्लामा माइनस शून्य दशमलब १ डिग्री सेल्सीयस रहेको छ । काठमाडौैमा भने आज बिहानको तापक्रम ८ डिग्री सेल्सीयस रहेको छ ।

आज दिउँसो देशका अधिकांश भूभागहरुमा सामान्य बदली रहने र  देशको पश्चिमी भूभागका थोरै स्थानहरुमा तथा मध्य र पूर्वी  पहाडी  भूभागका केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको जनाइएको छ । हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको समेत पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज राति देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने जनाइएको छ । हिमाली भूभागहरुमा हल्का हिमपात हुने सम्भावना रहेको समेत महाशाखाले उल्लेख गरेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments