तराइमा हुस्सु र कुहिरो, मौसम आंशिक बदली हुने

शुक्रबार, पुस २५, २०७६



काठमाडौं । पछिल्लो दिनहरूमा देशको तराइ भूभाग तथा केही पहाडी भूभागमा कुहिरो र हुस्सु लागेको तथा अन्य स्थानहरुमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको र आज(शुक्रबार) दिउँसो देशका पूर्वी र मध्य पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहने जनाइएको छ ।

आज राति देशका पूर्वी र मध्य पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहने समेत पूर्वानुमान महाशाखाले जनाएको छ ।

भोलि दिउँसो देशभर मौसम सामान्यतया सफा रहने र राति  देशका पश्चिमी भूभागमा आंशिक बदली भए पनि बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहने जनाइएको छ । आउँदो आइतबार दिउँसो  र राति देशभर मौसम सामान्यतया सफा रहने जनाइएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments