देशभर मौसममा बदली, आज पानी पर्ने सम्भावना

बुधबार, पुस २३, २०७६



काठमाडौं । पश्चिमी वायुका कारण आज देशभरको मौसममा बदली आएको छ ।

“पश्चिमी वायुको प्रभाव निरन्तर देखिएको छ,” मौसमविद् सजिना शाक्यले भनिन्, “अहिले पश्चिमी भूभागमा पूरै बदली छ । काठमाडौंमा पनि मौसममा बदली आएको छ । काठमाडौंमा आज पानी पर्न सक्ने सम्भावना देखिएको छ । शुक्रबारसम्म मौसममा सफा हुन सक्ने अनुमान गरेका छौं ।”

उनका अनुसार आज दिउँसोतिर पानी पर्न सक्ने अनुमान गरिएको छ । यसैबीच पश्चिमी वायुको प्रभावले अहिले मुलुकका विभिन्न स्थानमा भारी हिमपात र वर्षा भइरहेको छ । शाक्यका अनुसार अहिले जुम्लालगायतका उच्च हिमाली जिल्लामा भारी हिमपात भइरहेको छ ।

पश्चिमी वायुको प्रभाव शनिबारसम्मै रहने भएकाले विस्तारै पूर्वतर्फ पनि यो असर देखिनेछ । पश्चिमी वायुको प्रभाव आजसम्म पश्चिमी भूभागमा रहेको भए पनि आजदेखि देशैभर फैलिने देखिएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments