ज्यानमारा सिण्डिकेटको अन्त्य भएको छ : मन्त्री यादव

बुधबार, बैशाख २६, २०७५



काठमाडाै। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका प्रसाद यादवले यातायात व्यवसायीहरुको सिन्डिकेट अन्त्य भएको बताएका छन् । बुधबार राजधानीमा भएको साक्षात्कारमा बोल्दै मनत्री यादवले अहिले यातायात व्यवसायीहरुले हाम्रा अभियानमा सहयोग गरेको भन्दै ज्यानमारा सिडिकेटको अन्त्य भएको जनाएका छन् ।

साक्षात्कारमा बोल्दै मन्त्री यादवले वर्तमान सरकार सिण्डिकेट तोड्ने अभियानमा सफल भएको बताएका छन् । उनले भने,‘गृहमन्त्रालयबाट सुरु भएको अभियान अहिले सफल भएको छ, यातायात व्यवसायीहरु गाडी चलाउन तयार भएका छन् । गाडीको सिट क्षमताभन्दा बढि यात्रु बोकेर जनताको जीवनप्रति नै खेल्नेहरु अहिले तह लागेका छन् ।

उनले थपे,‘हामी भ्रष्टाचार सहँदैनौं, हुन त नारा दिन सजिलो छ, तर यसलाई व्यवहारमा उतार्न गाहा«े हुँदो रहेछ।’ उनले नेपालमा अब कुनैपनि सिण्डिकेट नरहने बताउँदै सिण्डिकेट गर्नेलाई सरकारले जेल हाल्ने चेतावनी दिए ।

आफ्नो नेतृत्वको मन्त्रालय मातहातका क्षेत्रभित्र रहेका सिण्डिकेटहरु तोड्न आफू लागि परिरहेको मन्त्री यादवको भनाई छ । विराटनगर जुट मिल अहिले रुघ्न अवस्थामा रहेको उल्लेख गर्दै उनले भने,‘जुट मिलमा रहेका मेशिनहरु बोक्न सक्नेजति बोकेर नसक्नेजति ट्रकमा हालेरपनि सामानहरु चोरिएका छन्, सञ्चालक समितिका एक सदस्यलाई सोध्दा कहाँ चोरी हुन्छ भनेर जवाफ दिन्छ, किनकी अहिले सरकारी सम्पत्ति लुट्ने मानसिकता छ नि ।’

यी सबै समस्याहरुको हल गर्नको लागि एउटा सशक्त न्यायिक छानबिन समिति गठन गरिनेपनि उनले जनाए । ‘विभिन्न क्षेत्रमा भएका हिनामिनाहरुलाई छानबिनको दायरामा ल्याउनको लागि र कारबाही गर्न हामी तयार छौं।’–उनको चेतावनी थियो ।

उनले बन्द रहेका सरकारी उद्योगधन्धाहरु सञ्चालन गर्न सरकारले निजी क्षेत्रसँगपनि सहकार्य गर्ने बताए । त्यस्तै मजदुरलाई पनि लगानीको लागि आह्वान गर्ने जसले गर्दा उनीहरुलाई पनि आफ्नो भन्ने अपनत्व हुने उनको विश्वास छ । यद्धपी उनले यसबारेमा अहिले छलफलमात्रै भएकोले ठोस निर्णय भैनसकेको जिकिर गरे ।

पेट्रोलियम पदार्थमा पनि सिण्डिकेट छ नि भनेर सोधिएको एक प्रश्नमा मन्त्री यादवले भने,‘नेपाल आयल निगममार्फत सरकारले नै पेटो«लियम पदार्थको काम सञ्चालन गरिरहेको छ, यसलाई सिण्डिकेट भन्न मिल्दैन्, तर पनि हामी यसमा पनि प्रतिष्पर्धा चाहन्छौं ।’
मन्त्री यादवले नेपाल आयल निगमसँग तेलको भण्डारण गर्ने क्षमता नरहेको बताउँदै अब आफूले भण्डारण क्षमता बढाउनेगरि काम थालेको बताए । उनले भने,‘नीति तथा कार्यक्रममा यी सबै विषयमा कुराहरु आउँछन्, अहिले हामी छलफलको चरणमा छौं।’ उनले अब आउने नीति

तथा कार्यक्रममा ‘रोजगारको लागि उत्पादन’ भन्ने नारा राख्नेबारेपनि छलफल भैरहेको अग्रिम जानकारी दिए । उनले नेपालको व्यापार घाटा घटाउनको लागि सरकारले उत्पादन बढाउनुपर्नेमा जोड दिए । ‘अल्लो, अदुवा, अलैंची र पस्मिनाजस्ता उत्पादनहरु हाम्रो ब्राण्ड हुन्, यीनीहरुको मार्केट बढाउनुपर्छ।’–उनले थपे।
मोदीलाई उच्च सम्मानका साथ स्वागत गरिने

उनले फरक प्रशङमा मन्त्री यादवले अर्काे प्रशङ्मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदा सरकारले उच्च सम्मानका साथ स्वागत गर्ने विश्वास दिलाए । आफूहरु भारत भ्रमणमा जाँदा नेपालको प्रधानमन्त्रीलाई भव्य स्वागत भएको स्मरण गराउँदै उनले भने,‘केही समय अघि हामी भारत भ्रमणमा गएका थियौं, हाम्रो प्रधानमन्त्रीलाई भारतमा भव्य स्वागत भएको थियो, हामी पनि उहाँलाई भव्य स्वागत गर्छौं।’

नेपालीहरुको संस्कार नै पाहुनालाई स्वागत गर्ने भएकोले मोदीको स्वागतको लागि कुनै कसर बाँकी नराख्ने मन्त्री यादवको भनाई थियो । उनले भने,‘हामी उहाँलाई उच्च सम्मानका साथ स्वागत गर्छौं, उहाँको भ्रमणको दौरान हाम्रो प्रधानमन्त्री र मोदीबीच छलफल हुन्छ, मोदीको भ्रमणले नेपाल–भारत द्धिपक्षीय सम्बन्ध सुदृढ हुन्छ र अझै उचाईमा पुग्छ।’

420 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank