निर्वाचनको मतगणनाको विषयमा के भन्छन् दलहरू ?

मङ्लबार, बैशाख २६, २०७४



के भन्छन् दलहरू ?
मतदानलगत्तै गणना
‘आयोगले दोस्रो चरणको निर्वाचनसम्म मतगणना रोक्न हुन्न भनेको छ । लामो समय मतपेटिका सुरक्षित गर्नेदेखि निर्वाचन अधिकृतलाई सँगै राख्ने अवस्था पनि व्यावहारिक हुँदैन । प्रमुख दलबीचको छलफल निर्वाचनलगत्तै गणना गर्ने सहमतिनजिक छ ।’ -सुरेन्द्र कार्की, सञ्चारमन्त्री

सम्भव भए त्यही राति गन्नुपर्छ
‘यो संसद्को चुनाव होइन । भोट खसेपछि धेरै दिन राख्नुहुँदैन । हजारौँ उम्मेदवार र भोटरले पनि महिनौँ कुर्नुपर्छ भन्ने पक्ष व्यावहारिक हुन्न । ३१ वैशाखमा चुनाव भएपछि सम्भव भए त्यही रातिबाट नभए १ जेठमा मतगणना हुन्छ ।’  – गोपालमान श्रेष्ठ, कांग्रेस नेता

हामीलाई मान्य छैन
‘मतदानलगत्तै मतगणना गर्ने निर्वाचन आयोगको एकपक्षीय तयारी हामीलाई मान्य छैन । यसले निर्वाचनको निष्पक्षतामाथि गम्भीर प्रश्न उठाउँछ । आयोगले अहिले जे गरिरहेको छ, यसले निर्वाचन आचारसंहिता र विश्वव्यापी मान्यता उल्लंघन गर्छ ।’ -योगेश भट्टराई, एमाले सचिव । नयाँ पत्रिकामा खबर छ ।

410 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank