मसानघाटमा बस्नेलाई घर र रोजगारी

शनिबार, साउन ३२, २०७६



हेटौंडा उपमहानगरपालिका १२ मसानघाटमा बस्दै आएको पार्वती सुनार विक परिवारले घर र रोजगारी पाउने भएका छन् ।

मसानघाटमा मलामी बस्न बनाइएको छाप्रोमा बस्दै आएका दलित परिवारकालागि हेटौंडा उपमहानगरपालिकाले दुई कोठे घर निर्माण गरी परिवारका एकजनालाई रोजगारी दिने भएको हो ।

साउन २१ गते परिवारको दुख र समस्याबारे समाचार प्रकाशित भएपछि उनीहरुको दयनीय अवस्थाबारे सरोकारवालाले चासो दिएका हुन् ।

परिवर्तन सामूदायिक बनभित्र बस्दै आएको सो परिवारका लागि उपमहानगरपालिकाले पक्की घर बनाइदिने मेयर हरिबहादुर महतले बताए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata