मार्टिन लूथर किङ 

शनिबार, पुस ९, २०७३



 
अमेरिकाको गान्धी नामले प्रख्यात मार्टिन लूथर किङको जन्म १५ जनवरी १९२९ मा अटलान्टा मा भएको थियो । उनी एक पादरी , आन्दोलनकारी ( एक्टीभिस्ट ) एबम अफ्रीकी अमेरिकी नागरिक अधिकारको लागी लडने प्रमुख नेता थिए । डाक्टर किङले अमेरिकामा निग्रो (कालाजाती) समुदाय प्रती भइरहेको भेदभाबको बिरुद्ध सफल अहिसात्मक आन्दोलनको नेतृत्व गरेका थिए ।
 
अमेरिकी  सार्बजनिक बसमा काला र गोरा जातीको निम्ती  अलग अलग स्थान तोकिएको बिरुद्ध सन १९५५ मा बस आन्दोलन चलाउने कार्य नै उनको जीबनमा आमूल परिवर्तन ल्याउने कारण बन्न पुग्यो । उनले ३८१ दिन सम्म चलेको अहिसात्मक  बस आन्दोलनलाई सफल बनाउँदै अलग अलग सीट राख्ने प्रावधान बन्द गराए ।
 
बस आन्दोलनको सफलता पछी हौसिएका किङ  अमेरिकाको उत्तरी क्षेत्रमा धार्मिक नेताहरुको सहयोगले समान  नागरिक कानुनको माग गर्दै नयाँ आन्दोलन फैलाए ।गान्धीको अहिसक आन्दोलनबाट प्रभाबित डाक्टर किङलाई उनको  कामलाई प्रंशषा गर्दै सन १९६३ मा “म्यान अफ दि इयर” बाट सम्मानित गरियो । ततपश्चात सन १९६४ मा बिश्व शान्तीको लागी सबै भन्दा कम उमेरमा “नोबेल पुरष्कार” बाट सम्मानित गरियो ।
 
गान्धी प्रभाबले सन १९५९ मा भारत यात्रा  गरेका किङ गोराहरुको समर्थनमा कालाजातीको मुक्तीको निम्ती बाँचुन्जेल लडीरहे ।आफ्नो ३९ बर्षे छोटो जिबनमा संसारलाई कामलाग्ने चर्चित किताब  STRIDE TOWARD FREEDOM (1958) र  WHY WE CAN’T WAIT (1964) हामी माझ छोडदै  जेम्स अर्ल रे  को हातबाट गोली खाँदै  ४ अप्रील १९६८ मा यस धर्तीबाट बिदा लिए ।
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments