वैवाहिक बलात्कार गरेको आरोपमा श्रीमान पक्राउ

शुक्रबार, भदौ ६, २०७६



काठमाडौं । पछिल्लो समय वैवाहिक बलात्कारका उजुरीहरुमा बृद्धि भइरहेको छ ।  अनुमति बेगर यौन सम्पर्क गरेको भन्दै विवाहित महिलाहरु श्रीमान विरुद्ध खुलेर आउन थालेका छन । त्यस्तै घटनामा भक्तपुरमा एक जना पक्राउ परेका छन ।

आफू विरामी भएको अवस्थामा श्रीमानले जबरजस्ती करणी गरेको उजुरीको आधारमा भक्तपुरबाट नाम परिवर्तन (श्याम)लाई बिहिबार प्रहरीले पक्राउ गरेको हो ।

रामेछाप घर भई हाल चाँगुनारायण नगरपालिका–८ जीतपुर बस्दै आएका ३० वर्षीय श्रीमानले २६ वर्षीया श्रीमतीलाई बलात्कार गरेको जाहेरी आएपछि श्रीमानलाई पक्राउ गरिएको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए ।

१० वर्षअघि विवाह भएको यो दम्पतीको आठ वर्षको एक छोरा रहेको उनले जानकारी दिए । प्रहरीले थापाथलीस्थित प्रसूतिगृहमा श्रीमतीको स्वास्थ्य परीक्षण गरिएको र श्रीमानको आज स्वास्थ्य परीक्षण गरि अदालतमा पेश गरिने प्रहरीले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata