विवाह मण्डपबाटै दुलहादुलही पक्राउ

सोमवार, बैशाख २४, २०७५



रुकुम । जिल्लाको मुसिकोट नगरपालिकामा सोमबार बालविवाह गरिरहेका एक जोडी पक्राउ परेका छन् । बालविवाह गर्न लागेको गोप्य सूचनाका आधारमा प्रहरीले दुलहादुलहीलाई विवाह मण्डपबाटै पक्राउ गरेको थियो ।

केटाकेटीबीच केही दिनअघि प्रेम विवाह भएको थियो । मुसिकोट नगरपालिका–१० का १७ वर्षीय बालक र नगरपालिका–९ की १६ वर्षीया बालिकाबीच बालविवाह हुँदै गर्दा उनीहरुलाई गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिए ।

प्रहरीले दुलहादुलहीलाई पक्राउ गरेपछि विवाह रोकिएको छ । ती केटाकेटीलाई अभिभावकको जिम्मा लगाइने प्रहरीको भनाइ छ । प्रहरीको सक्रियतामा जिल्लामा यो सहित १६ वटा बालविवाह रोकिएका छन् ।

299 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank