पशुबलि गर्नुहुन्न भन्ने म , मासु देख्नासाथ तुरुक्क र्‍याल चुहिन्छ !

शुक्रबार, अशोज १३, २०७४

- जे.सागर



मारकाटको कुरा गर्नुहुन्छ भने बाइक या गाडी चलाउँदा बाटोमा भ्यागुतो देखेपनि साइड नलागुन्जेल हर्न बजाएर बस्छु ,तर किचेर हिंड्न सक्दिन,आफूलाई टोकिरहेको लामखुट्टेलाई पनि फुकेरै उडाइदिन मन लाग्छ ।

एक मनमा अर्काको ज्यान मारेर मासु नखान पाए हुन्थ्यो जस्तो पनि लाग्छ ,अर्को मनमा त्यो फ्राइ, रोस्ट, कबाव ,ग्रेभीवाला मासु सम्झँदै तुरुक्क र्‍याल चुहिन्छ ! प्वाक्कै मार हानेको ,पशुपंक्षी भट्भटिएको ,कराएको अहिलेसम्म हेर्न र सुन्न सकेको छैन ।

बिभत्स मारकाट र मासुको थुप्रोको फोटो कसैले पोस्ट गरे भने देख्ने बित्तिकै त्यो नै हाइड गर्दिन्छु ! तर त्यो मोरो सिनामंगलको पोलेको सेकुवा ,म: म: पसलमा ढक्कन खोल्दा हरर आएको बास्नाले खुट्टा उतै उतै मोडिन्छ । मासु नखानेहरुको तर्क सुन्दा कुरो हो नि त ,अहिल्यै छोड्दिन्छु जस्तो लाग्छ । खानेहरुको तर्क सुन्दा यो कुरो पनि गलत हैन जस्तो लाग्छ ।

आ…..जेसुकै होस् जे भए पनि अर्काको ज्यान मारेर खानु राम्रो चाहिँ हैन जस्तो लाग्छ, फेरि हैन हैन पख् ..छोडेपनि अलि बुढेसकाल लागेपछि छोड्लास ,अहिले ह्वात्तै आवेशमा नआईजा जस्तो पनि लाग्छ ! म जस्तै अन्योलै अन्योलमा, दोधारै दोधारमा ,खाउँ कि नखाउँ भन्दै मीठो मानेर मासु खाने पनि धेरै हुनुहुन्छ होला है? जे होस् आफ्नो आत्माले मागुन्जेल खानुस् सबैलाई दशैंको शुभकामना ! म पनि साग सम्झेर अलिकति झोल र दुई चार चोक्टा चाहिँ खान्छु है ?

559 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank