मापसे गरि होहल्ला गर्ने प्रहरी निरिक्षक कार्बाहीेमा

शनिबार, अशोज ११, २०७६



काठमाडौं । मादक पदार्थ सेवन गरि होहल्ला गर्ने प्रहरी निरिक्षक कार्बाहीमा परेका छन । कार्यक्षेत्रमै मादक पदार्थ सेवन गरेर होहल्ला गरेपछि महानगरीय प्रहरी वृत्त कीर्तिपुरमा कार्यरत प्रहरी निरीक्षक देवेन्द्र कुमार पाललाई काठमाडौं परिसर तानेको हो ।

शुक्रबार राती प्रहरी नायब उपरीक्षक पवन भट्टराई नेतृत्वको अनुगमन टोलीलाई निरिक्षक पालले मादकब पदार्थ सेवन गरि ‘चेन अफ कमाण्ड’ विपरीत गालीगौलज गरेपछि विभागीय कारबाहीको लागि उनलाई परिसर तानिएको प्रहरीले जनाएको छ।

डिउडीको समयमा मापसे गरेका पाललाई विभागिय कार्बाही गरिने महानगरीय प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले जानकारी दिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata