नेपालको नक्सा औपचारिक रुपमा सार्वजनिक गरिदै

बुधबार, जेष्ठ ७, २०७७



काठमाडौं । सरकारले लिपुलेक, लिम्पियाधुरा र कालापानी सहितको नक्सा औपचारिक रुपमा सार्वजनिक गर्दै छ ।

सरकारले बुधबार दिउँसो सवा २ बजे नेपालको नयाँ राजनैतिक नक्सा औपचारिक रुपमा सार्वजनिक गर्ने भएको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका अनुसार कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नयाँ नक्सा गर्न लागेको जनाएको छ ।

यस अघि मन्त्रीपरिषदले नेपालको नक्सा सार्वजनिक गर्ने निर्णय पारित गरेको थियो । उक्त कुरा मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाको बैठकमा सरकारले पेश गरेको नीति तथा कार्यक्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिदैं नक्सा सँगै गुमेको जमिन फिर्ता ल्याउने अभिव्यक्ति दिएका थिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments