गुण्डा मनोज पुनलाई सघाएको भन्दै माओवादी केन्द्रका दुई केन्द्रीय सदस्य निष्कासित

शुक्रबार, बैशाख १४, २०७५



रुपन्देही । माओवादी केन्द्रले गुण्डा मनोज पुन काण्डमा मुछिएका दुई जना केन्द्रिय सदस्यलाई सदस्य समेत नरहने गरि पार्टीबाट निष्कासन गरेको छ ।

पुनलाई सघाएको आरोपमा पक्राउ परेका केन्द्रीय सदस्य लेखनाथ न्यौपाने र जिल्ला सदस्य तुल्सी न्यौपानेलाई पार्टीको साधारण सदस्य नरहने गरी माओवादी केन्द्रले निष्कासन गरेको हो ।

रुपन्देही जिल्ला इन्चार्ज दधिराम न्यौपानेले एक विज्ञप्ती मार्फत उनहिरुलाई पार्टीको कुनै जिम्मेवारीमा नरहने गरी निष्कासन गरिएको बताएका हुन् ।
यसअघि नेकपा एमालले पनि युवा संघका केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला इन्चार्ज सुजु मल्ल र जिल्ला सदस्य उत्तम आचार्यलाई मनोज पुनलाई सघाएको आरोपमा प्रहरीले पक्राउ गरेपछि उनीहरुलाई पार्टीबाट निष्कासित गरेको थियो ।

134 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank