रोल्पा पुगेर विप्लव माओवादीले पार्टीको नाम फेर्दै, बन्दसत्र जारी

शुक्रबार, फाल्गुन ६, २०७३

loading...


रोल्पा । काठमाडौंमा महाअभिवेसन उद्घाटन गरेर बन्दसत्रगर्न रोल्पा पुगेको माओवादीले पार्टीको नाम फेरेर नयाँ ढंगको क्रान्ति गर्ने भएको छ । नेकपा माओवादीले रोल्पाको थबाङमा आठौँ महाधिवेशनको बन्दसत्र सुरु भएको छ । बन्सत्रमा पार्टीको नाम देखि, नयाँ क्रान्तिका विषयमा छलफल गरेर निर्णय हुनेछ ।

राजधानी काठमाडौंमा गत १ फागुनमा उद्घाटन गरी थबाङमा सुरु भएको बन्दसत्रमा पार्टीको नाम, नीति र नेतृत्वका विषयमा छलफल हुनेछ । पार्टीसँग जोडिएको माओवादी नामको पुच्छर हटाउने प्रस्ताव गरिएको छ । पार्टीको नयाँ डे«सकोर्ट पनि बनाउने निर्णय हुनेछ ।

अबको नाम ‘नेपाल कम्युनिस्ट पार्टी’ मात्रै राख्ने गरि प्रस्ताव पेश भएको छ । प्रवक्ता खड्गबहादुर विश्वकर्माले आज महासचिवको प्रतिवेदनमाथि टिप्पणी र नयाँ विधानमाथि छलफलका लागि समूह विभाजन गरिने जानकारी दिनुभयो । भोली समूहमा छलफल हुनेछ । समूहका तर्फबाट रिपोर्ट पेस भएपछि सामूहिक छलफल गर्दै १० फागुनमा महाधिवेशन सकिने महाधिवेशन आयोजकले जनाएको छ ।

1211 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side Samsung health right side Samsung health right side bottom