माओवादीका सातवटै प्रदेश इन्चार्ज हेरफेर

आइतवार, चैत्र ११, २०७४



काठमाडौं । नेकपा माओवादी केन्द्रले सातवटै प्रदेशका इन्चार्जको जिम्मेवारी हेरफेर गरेको छ । नेकपा माओवादीको शनिबार बसेको केन्द्रिय बैठकले प्रदेश १ मा राम कार्की, प्रदेश २ मा विश्वनाथ साह, प्रदश ३ मा हितमान शाक्य, प्रदश ४ मा हितराज पाण्डे, प्रदश ५ मा मणि थापा, प्रदश ६ मा जनार्दन शर्मा र प्रदेश ७ मा लेखराज भट्टलाई नयाँ इन्चार्ज तोकिएको जनाउको छ ।

यसअघि जिम्मेवारीमा रहेका मध्ये प्रदेश १ का इन्चार्ज गोपाल किराँतीले माओवादी पार्टी परित्याग गरिसेका छन् । यस्तै माओवादी केन्द्रले नेकपा एमालेसँगको पार्टी एकतालाई चाँडै टुङ्ग्याउने गरी तयारी सुरु गरेको छ ।

माओवादी केन्द्रको शनिबार बसेको केन्द्रीय कार्यालय बैठकले चैत महिनाभित्रै पार्टी एकतालाई निष्कर्षमा पु¥याउने गरी तयारी थाल्ने निर्णय गरेको हो । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बसेको बैठकले केही दिनभित्रै एकता संयोजन समितिको बैठक बसेर एकता प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने निर्णय गरेको हो ।

78 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank