प्रधानमन्त्रीको कार्यशैलीप्रति प्रचण्डसँग माओवादी मन्त्रीहरूको गुनासो

सोमवार, चैत्र २६, २०७४



काठमाडौँ । प्रधानमन्त्रीको कार्यशैलीको विषयलाई लिएर नेकपा माओवादी केन्द्रमा मन्त्रीहरूले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग गुनासो गरेका छन् । एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीले एक्लौटी निर्णय गर्दै सचिव सरुवा गरेको गुनासो माओवादीबाट मन्त्री बनेकाहरूको छ ।

सचिव सरुवा प्रधानमन्त्रीको अधिकार भए पनि विभागीय मन्त्रीहरूसँग सल्लाह नै नगरी पेल्ने काम भएको उनीहरूको तर्क छ । ललितपुरको खुमलटारस्थित प्रचण्ड निवासमा बसेको बैठकमा सरकार सञ्चालनको विषयमा छलफल भएको माओवादी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।

प्रचण्डले सचिव सरुवाको विषयमा प्रधानमन्त्रीसँग छलफल गर्ने बताएका छन् । भारत भ्रमणमा जानुअघि प्रधानमन्त्रीले ३० जना सचिवको सरुवा गरेका गरेका थिए।

198 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank