बाबाहरूका अनेक रुपः सेक्स स्क्याण्डलदेखि हत्यारासम्म

बुधबार, बैशाख १२, २०७५



काठमाडौं । किशोरी बलात्कारको मुद्दामा जोधपुर अदालतले धर्मगुरु आसाराम बापूलाई दोषी ठहर गरेको छ । आसाराम बापूमाथि किशोरी बलात्कार गरेको आरोप छ । यो मुद्दा सन् २०१३ को हो । उनी विरुद्ध अरु धेरै मुद्दा दर्ता भएका छन् । जग्गा हडप्ने, बच्चाको हत्या गर्ने समेतमा आसारामको संलग्नता रहेको दावी गरिएको छ । यस विषयमा प्रहरीले छानविन गरिरहेको छ ।

आसाराममाथि आशीर्वाद दिने बहानामा महिलाहरूलाई छेड्छाड र यौन शोषण गर्ने आरोप छ । उनका छोरा नारायण साईंमाथि पनि यस्तै आरोप लागेको थियो । यस्तो मुद्दामा आसाराम एक्ला व्यक्ति होईनन् । उनी भन्दा पहिला गुरमीत सिंह पनि यस्तो आरोपमा मुछिसकेका छन् । यस्ता बाबा अरुपनि छन् । जो विवादित छन् ।

chandra-swamiचंद्रास्वामी

चंद्रास्वामीको व्यक्तित्व कस्तो थियो भन्ने कुरा यसको अनुमान यी कुराबाट लगाउन सकिन्छ । एकातिर उनलाई भारतका तत्कालीन प्रधानमन्त्री पीवी नरसिम्हा रावको सबैभन्दा नजिकको सल्लाहकारको रुपमा हेरिएको थियो भने, अर्काे तर्फ उनीमाथि राजिव गान्धीको हत्या गर्ने योजनामा सहभागि भएको आरोप पनि लागेको थियो ।

यस्ता आरोपका बीच पनि धेरै देशका शासनकर्तासँग उनको सुमधुर सम्वन्ध, हतियारको दलाली, विदेशी मुद्रा अपचलन जस्ता धेरै आरोपसंगै चंद्रास्वामी चर्चामा रहे ।

ram-palरामपाल

बाबा रामपाल या भनौं संत रामपाल आध्यात्म जगतमा पाईला टेक्नु भन्दा पहिला हरियाणामा सिंचाई विभागका इन्जिनियर थिए । १८ वर्षसम्म जागिर गरेपछि उनले राजीनामा दिए र उनले सत्संग सुरु गरे । उनले सतलोक आश्रम बनाए ।
उनलाई उनको आश्रमको अस्पतालमा गर्भपतन केन्द्र चलाएको आरोप लागेको थियो । उनको आश्रमबाट हतियार र धेरै आपत्तिजनक औषधी जफत गरिएको थियो । उनीमाथि सरकारी काम अबरोध गर्ने र आश्रममा जवरजस्ती मानिहरूलाई बन्धक बनाएको मुद्दा छ । संत रामपाल देशद्रोह गरेको आरोपमा अहिले हिसार जेलमा छन् ।

nityananda-swamiनित्यानन्द स्वामी

सन् २०१० मा नित्यानन्दविरुद्ध ठगी र अश्लील काम गरेको आरोपमा मुद्दा दर्ता भएको छ । उनका कथित सेक्स सीडी बाहिर आएको थियो । एक अभिनेत्रीसंगको शारीरिक सम्वन्धको भिडियो बाहिर आएको थियो ।

त्यसपछि फरेंसिक ल्यावमा भएको जाँचमा सीडीमा देखिएको सहि भएको बताइएको थियो । तर नित्यानन्दको आश्रमले उक्त सीडीको अमेरिकाको ल्यावमा रिपोर्ट दिएको थियो । त्यहाँ सीडीमाथि छेडछाड गरेको कुरा बाहिर आएको थियो । त्यसपछि नित्यानन्दलाई पक्राउ गरिएको थियो । हुनत उनलाई केही दिनमा जमानत मिलेको थियो । यी बाहेक पनि बैंङ्ग्लोरमा नित्यानन्दको आश्रममा छापा मार्दा कण्डम र गाँजा बरामद भएको थियो ।

स्वामी भीमानन्द
दिल्लीका एक बाबा जो आफुलाई एक इच्छाधारी सन्त भन्थे । इच्छादारी सन्तको नामबाट चर्चित स्वामी भीमानन्द नागिन डान्सको लागि चर्चामा रहन्थे । सन् १९९७ मा उनलाई लाजपत नगर इलाकबाट प्रहरीले देह व्यापारमा सहभागि भएको आरोपमा पक्राउ गरेको थियो । उनीमाथि प्रबचनको बहानामा महिलालाई फसाएर यौन व्यावसायमा संलग्न गराउँने गरेको आरोप थियो । आफुलाई सन्त भन्ने भीमानन्दको वास्तविक नाम शिवमूरत द्विवेदी हो । उनी बाबा हुनु भन्दा पहिला फाईभ स्टार होटलमा गार्डको काम गर्थे ।

बीबीसी हिन्दीबाट

103 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank