प्रधानमन्त्रीले मन्त्रीहरूलाई भने – ‘भोलि सार्वजनिक कार्यक्रममा नजानु’

मङ्लबार, मंसिर ३, २०७६



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार आफू मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारीमा रहेको मन्त्रीहरुलाई जानकारी गराएका छन् ।उनले आज(मंगलबार) मन्त्रिपरिषद्को बैठक राखेर  भोलि(बुधबार) मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी भइरहेको बताएका हुन् ।

“मैले भोलि (बुधबार) मन्त्रिपरिषद् पुनःगठन गर्न लागेँ । औपचारिक कार्यक्रम नराख्नुहोला । भोलि नै शपथ गराउने तयारी छ, यतिञ्जेल सहयोग गर्नुभयो, धन्यवाद !” प्रधानमन्त्रीले बैठकमा भनेको कुरा स्रोतले उद्धृत गर्यो । “कोही दोहोरिनु होला, कोही बाहिरिनु होला’, बैठकमा प्रधानमन्त्रीले भने, ‘कसैले पनि अन्यथा नलिनुहोला ।”

नयाँलाई अवसर दिनुपर्ने र मन्त्रिपरिषद् पुनर्गठन गर्न बाहिरबाट पनि दबाव रहेको उनले बताए । प्रधानमन्त्री ओलीले भोलि सार्वजनिक कार्यक्रममा नजान समेत आग्रह गरेको स्रोतले जनायो।

स्रोतका अनुसार बुधबार मन्त्रिपरिषद् पुनः गठन गर्ने र अपराह्न शपथ ग्रहण गराउने तयारी भए पनि हटाउने र थप्ने मन्त्रीहरूको भने टुङ्गो लागिसकेको छैन । स्रोतका अनुसार कम्तीमा पाँच र बढीमा १० जनासम्म मन्त्रीहरू हटाउने तयारी प्रधानमन्त्रीको छ ।

सोमबार नै मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी थियो । तर प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी -नेकपा)का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलमा सहमति नजुट्दा पुनगर्ठन रोकिएको थियो ।

नेकपाले बुधबार बिहान ९ बजे पार्टी सचिवालयको बैठक बोलाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठकमा मन्त्रिपरिषद् पुनःगठनबारे छलफल हुने छ । सचिवाललयको बैठकले हटाइने र थपिने मन्त्रीहरूको टुङ्गो लगाउने स्रोतको दाबी छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata