भिडियो कन्फरेन्समा हाइहेल्लो मात्रै भयो- मन्त्री बास्कोटा

शुक्रबार, भदौ १३, २०७६



सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सोमबार भिडियो कन्फरेन्समार्फत मन्त्रिपरिषद बैठक नबसेको दाबी गरेका छन् ।

मन्त्रिपरिषद बैठक सञ्चालन कार्यविधि संशोधन गरी सिंगापुर उडेका प्रधानमन्त्री ओलीले त्यहाँबाट भिडियो कन्फरेन्समार्फत बैठक संचालन गरेको भन्दै चौतर्फी आलोचना भइरहेका बेला मन्त्री बास्कोटाले बिहीबार प्रतिनिधिसभामा सार्वजनिक महत्वको विषयमा बोल्दै सोमबार मन्त्रिपरिषद बैठक नबसेको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले सोमबार सिंगापुरबाट टेलिप्रिजेन्स मार्फत पहिलोपटक मन्त्रिपरिषदको बैठक बसेको, बस्न सकेको भन्दै सामाजिक सञ्जाल ट्विटर फोटोमार्फत सार्वजनिक गरेपनि सञ्चारमन्त्रीले प्रधानमन्त्री र मन्त्रिपरिषदका सदस्यले भिडियो कन्फरेन्समा हाइहेल्लो मात्रै भएको जानकारी संसदलाई गराए ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata