मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउन थप्ने सम्भावना

आइतवार, जेष्ठ ४, २०७७



काठमाडौं  । आज(आइतबार) मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । लकडाउनबारे निर्णय गर्नका लागि बैठक साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो ।

केही दिनयता लगातार संक्रमितको संख्या बढेसँगै आजको बैठकले लकडाउनको अवधि लम्बाइने सम्भावना बलियो रहेको बताइएको छ । पछिल्लो चरणमा थपिएको लकडाउनको म्याद भोलि सकिँदै छ ।

आइतबार बिहानसम्म नेपालमा २ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ३६ जना उपचारपछि घर फर्कंदा १ संक्रमितको मृत्यु भएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments