जब मन्त्री भट्टराई विमानस्थल पुगे..

शनिबार, पुस ५, २०७६



काठमाडौं ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अनुगमन गरेका छन्। हिजो साँझ उनी आकस्मिक रुपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर अनुगमन गरेका हुन्।

नेपाल भ्रमण वर्ष २०२० नजिकिरहेको बेला विमानस्थलको अवस्था, तयारी र भइरहेको कामको अनुगमनका लागि विमानस्थल मन्त्री भट्टराईले विमानस्थल पुगेका हुन्। विमानस्थलमा अध्यागमनले परिवर्तन गरेको संरचनाको समेत मन्त्री भट्टराईले अवलोकन गरेका थिए। अध्यागमनको परिवर्तित संरचनाको बारेमा अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले जानकारी गराएका थिए।

नेपाल भ्रमण वर्ष २०२० नजिकिँदै गर्दा मन्त्री भट्टराईले विमानस्थल लगायत पर्यटनसँग सम्बद्ध निकाय र स्थानहरुको अनुगमनलाई तीव्र बनाएका छन्। पर्यटनमन्त्रीका साथ नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेललगायत पदाधिकारी पनि विमानस्थल गएका थिए।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments