वर्षाले मन्थली अस्तव्यस्तः विधार्थी बेपता, बजार डुबानमा

सोमवार, बैशाख ३१, २०७५



रामेछाप ।
अविरल वर्षपछि रणजोर खोलमा आएको बाढीले बगाउँदा रामेछापको सदरमुकाम मन्थलीमा एकजना विद्यार्थी वेपत्ता भएकी छिन् । बाढीका कारण मन्थली बजार अस्तव्यस्त भएको छ ।

सदमुकाम मन्थलीस्थित मन्थली माबिबाट मन्थली नगरपालिकाको भटौलीमा रहेको रुद्राक्षेश्वर माबि परीक्षा केन्द्रमा ११ कक्षाको परीक्षा दिन गएकी मन्थली नगरपालिका( १ कि उष्मा फुयाँललाई रणजोर खोलाले बगाएको हो ।

उनीसँग खोलाले बगाएका अन्य ६ जना छात्राहरुको भने उद्दार गरिएको छ । उनीहरु बिहान ६ बजेको समयमा खोला तर्न लाग्दा अकस्मात आएको बाढीले बगाएको थियो । बगाएका मध्ये केहीको रणजोर खोला र केहीको तामाकोसी नदीबाट उद्दार गरिएको हो ।

वेपत्ता भएकी फुयाँलको नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा स्थानीयले रणजोर र तामाकोसी नदी किनारमा खोजी गरिरहेका छन् । उनको अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।

राति १२ बजेपछि परेको भिषण वर्षापछि आएको बाढी पहिरोले मन्थली बजार अस्तव्यस्त भएको छ । बजारमा ठाउँठाउँमा माटोका ढिस्का जम्मा भएका छन् भने हाटेचौर तथा बसपार्क क्षेत्र डुवानमा परेको छ ।

बजार माथिबाट आएका खहरेहरुमा बाढी आएपछि बसपार्क क्षेत्रका अधिकांस घरहरुमा पानी र लेदो माटो पसेको छ ।

बाढीले केही घरहरु भत्किाएका छन् । खहरेमा आएको बाढीले बगाएको माटो र गेगरले बसपार्कमा राखिएका गाडीहरु तथा घरको छेउमा राखिएको मोटरसाइकल तथा ट्रकहरु समेत पुरिएका छन् ।

बसपार्कदेखि मन्थली बजारसम्मको सडक ठाउँठाउँमा पुरिएको छ भने केही ठाउँमा बाढीले सडक खोलेर खाडल बनाएको छ । बसरपार्कको ट्राफिक बिट अगाडि ठूलो दह बनेको छ ।

मन्थली बजार क्षेत्रमा अकल्पनीय क्षति पुर्‍याएको मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार बस्नेतले बताए ।

बजार क्षेत्रमा अबरुद्ध भएको सडक खुलाउने काम सुरु भएको छ । अहिले वर्षा रोकिए पनि आकाश नखुलेको कारण पुन वर्षा भएर क्षति हुने डरले स्थानीय आतंकित भएका छन् ।

71 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank