मनसुनी गतिविधि सक्रियः अझै दुई दिन वर्षा हुने

सोमवार, बैशाख ३१, २०७५



काठमाडौँ ।

मनसुनी गतिविधि सक्रिय भएसँगै बाहिरी वायुको प्रभावका कारण सोमबार   देशैभर बदली र वर्षा भएको छ ।

पूर्व मनसुन प्रि–मनसुन गतिविधिसँगै बाहिरबाट आएको वायुले बदली र वर्षा गराएको मौसमविद् वरुण पौडेलले जानकारी दिए ।

उनका अनुसार भारतको उत्तर प्रदेश र विहार क्षेत्रमा न्यूनचापीय क्षेत्रको विकास तथा देशको पूर्वी क्षेत्रमा प्रवेश गरेको बंगालको खाडीको जलवाष्पयुक्त हावा र पश्चिमी क्षेत्रमा पश्चिमी वायुको प्रभावले समग्र भू–भागमा असर पुगेको छ । जसका कारण गएरातिदेखि सोमबार दिउँसोसम्म बदली र वर्षा भएको हो ।

अहिले वर्षा रोकिए पनि मध्य र पूर्वी भेगमा बदली रहेको तथा सोमबार राति र मंगलबार खासगरी पहाडी भेगमा वर्षा हुने मौसमविद् पौडेलको भनाइ छ ।

रातिदेखि शुरु भएको मौसमी प्रणाली बुधबारबाट क्रमिक सुधार आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार काठमाडौँमा २१ मिलिमिटर वर्षा भएको छ । सबैभन्दा बढी नेपालगञ्जमा ३९, वीरेन्द्रनगरमा ३७, दाङमा ३५, सिमरामा ३२, पोखरामा ३५ मिलिमिटर वर्षा भएको छ ।

यस्तै, विराटनगरमा २२, ओखलढुंगामा २० र सबैभन्दा कम दिपायलमा दुई मिलिमिटर वर्षा भएको छ । सोमबार काठमाडौँको न्यूनतम १५ र अधिकतम तापक्रम २६ डिग्रि सेल्सियस रहेको छ ।

31 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank