भारतले लगातार मन्दी झेल्न सक्दैन: पूर्वप्रधानमन्त्री सिंह

आइतवार, भदौ १५, २०७६



एजेन्सी । भारतीय पूर्व प्रधानमन्त्री मनमोहन सिंहले देशको गिर्दाे अर्थव्यवस्था प्रति चिन्ता जनाएका छन ।

भारतीय अर्थमन्त्री निर्मला सितामरणले भारतीय अर्थतन्त्र ओरालो लागेको संकेत सँगै डाक्टर सिंहले भनेका छन, “भारतले लगातार मन्दी झेल्न सक्दैन ।”

पछिल्लो समय भारतीय जिडिपी घटेर पाँच प्रतिशत हाराहारी रहेको रिपोर्टमा आएका हुन । उनले भने, “हाम्रो अर्थतन्त्रले गहिरो मन्दीलाई थेग्न सक्दैन । भारतसँग रफ्तारमा विकास गर्न सक्ने सम्भावना छ । तर मोदी सरकारको गलत नीति र प्रवन्धको कारण आर्थिक मन्दी आएको छ ।”

“निर्माण क्षेत्रमा ग्रोथ रेट ०.६ प्रतिशत भन्दा तल जाँदैछ । यसले प्रष्ट भएको छ कि हाम्रो अर्थतन्त्र अहिलेसम्म नोटबन्दी र हडबढीमा लागू गरिएको जिएसटीको भारबाट उत्रन सकेको छैन ।”, उनले थप बताए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata