पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवस मनाइदैं

शुक्रबार, बैशाख १३, २०७६



काठमाडौं । मलाई ठुलो मानिस होइन, एक असल मानिसका रुपमा बुझिदिए पुग्छ भन्ने नेपालका पहिलो जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको २० औं स्मृति दिवस भव्य रुपमा मनाइदैछ । उहाँको निष्ठा,इमानदारिता, त्याग र सिद्धान्तवादीताको जगमा हुर्किएको वर्तमान कम्युनिष्ट पार्टी आज भिमकाय शरिर धारण गर्न सफल बनेको छ ।

तत्कालिन नेकपा एमालेका पूर्व अध्यक्ष समेत रहेका दिवंगत नेता अधिकारी विसं १९७८ सालमा काठमाण्डौमा जन्मेका थिए । जीवनभर नेपाली जनताकाे उन्नती,प्रगती चाहदै लाेकतन्त्रकाे निम्ति अहाेरात्र खटेका अधिकारीको २०५६ साल वैशाख १३ गते निधन भएको थियो । वि.स.२०५१ सालमा देशकै पहिलो कम्युनिष्ट प्रधानमन्त्री बनेका अधिकारीका पालामा लाेकप्रिय कार्यक्रम  ‘आफ्नो गाउँ आफैं बनाऊँ’ र नाै स का अभियान जस्ता  कार्यक्रमहरु शुरु भएको थियो । यस कार्यक्रम अन्तर्गत सरकार र आम नागरिकको जनश्रमदानमा आधारित भएर पुलपुलेसा, बाटाघाटा, चौतारा, पुस्तकालय जस्ता पुर्वाधार निर्माणकाे क्षेत्रमा थुप्रै कामहरु सम्पन्न भएका थिए ।

उनको नेतृत्वमा ९ महिनासम्म चलेको पहिलाे जननिर्वाचित कम्युनिष्ट सरकारले आर्थिक–सामाजिक विकासका राम्रा कार्यक्रमहरु ल्याएको भन्दै अहिलेसम्म चर्चा हुने गरेको छ । अधिकारीकै पालादेखि नेपालमा जेष्ठ नागरिकहरुलाई सम्मान स्वरुप सामाजिक सुरक्षा भत्ता दिने नयाँ कार्यक्रम शुरु भएको थियो ।

पढाईको सिलसिलमा भारतको बनारस पुगेका अधिकारी प्रवासबाटै कम्युनिष्ट  सिद्धान्तबाट प्रभावित हुँदै राजनीतिमा होमिएका थिए । उनले राजनीतिका क्रममा १७ वर्ष जेल जीवन बिताएका थिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank