बसभित्रै बालिका बलात्कृत, सहचालक पक्राउ

मङ्लबार, भदौ ३१, २०७६



काठमाडौंको तारकेश्वर–१० मनमैजुमा ११ वर्षीया बालिका बसभित्रै बलात्कृत भएकी छन् ।

आइतबार राति मनमैजुस्थित शुभकामना चोकमा भेटिएका दुई बालिकामध्ये एकलाई बा ४ ख ८२ नम्बरका बसका सहचालकले बसभित्रै बलात्कार गरेका हुन्।

महानगरीय प्रहरी वृत्त बालाजुले सोमबार बिहान बालिकामाथि जबर्जस्ती करणीमा संलग्न रहेको आरोपमा भोजपुर हचुवागढी गाउँपालिका–३ का एल्जित राईलाई पक्राउ गरेको छ ।

वृत्तका डीएसपी बालनरसिंह राणाले पीडित बालिकाको उजुरीका आधारमा राईलाई पक्राउ गरेको बताए।

‘बसका चालकले दुवै बालिकालाई घर लगी परिवारका साथ सकुशल राखेको तर सहचालकले बसभित्र लगेर बलात्कार गरेको देखिन्छ । थप अनुसन्धान हुँदै छ,’ बालाजु वृत्तका डीएसपी राणाले भने ।

उनले एक अर्की बालिकामाथि भने सहचालक राईले अनैतिक क्रियाकलाप मात्रै गरेको अनुसन्धानबाट खुलेको जनाए । प्रहरीले पीडित बालिकाको उजुरीपछि उनीहरूको स्वास्थ्य परीक्षणसमेत गरिसकेको छ । परीक्षणमा एक जनामाथि मात्र करणी भएको देखिएको छ ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata