“सादा जीवन” (गजल)

शनिबार, चैत्र ३, २०७४

- मञ्जु सिल्वाल(त्रिपाठी)



आधुनिकलाई मान्छु तर उछृङ्खल हैन हजुर !
सादा जीवन उच्च बिचार तड्कभड्क छैन हजुर !

…………………………………………………………

आफ्नो संस्कार बिर्स्या छैन, आधुनिकतामा भुलेर
छोटाछोटा कपडा लगाइ डिस्को तिर गैुन हजुर !

…………………………………………………………
ठूलालाई आदर सम्मान, सानालाई माया छ,
माइत होस् या घर, अचाडु कहिले भैन हजुर !

…………………………………………………………
घाँस काट्न आउँछ बनमा, रेकर्ड राख्न कम्प्युटरमा

प्रबिधिले फड्को मार्दा पछि पनि रैन हजुर !

…………………………………………………………

आधुनिकलाई मान्छु तर उछृङ्खल हैन हजुर  !
सादा जीवन उच्च बिचार, तड्कभड्क छैन हजुर !

318 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank