वरिष्ठ पत्रकार उपाध्यायको अन्त्येष्टी

बिहिबार, पुस २८, २०७३

loading...

काठमाडौँ । वरिष्ठ पत्रकार मणिराज उपाध्यायको अन्तीम दाहसंस्कार गरिएको छ ।
सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले उनीप्रति अन्तिम श्रद्धाञ्जलि दिँदै उहाँ चेतना र सूचनाका तपस्वी भएको बताए ।

पशुपति आर्यघाटमा बिहिबार  विहान गरिएको श्रद्धाञ्जलि कार्यक्रममा मन्त्री कार्कीले नेपालीमा आवाज र चेतना छ भन्ने जगाएर स्वाभिमानका साथ प्रेस स्वतन्त्रता बचाउनमा उपाध्यायको भूमिकाको प्रशंसा गरे ।

नेपाल पत्रकार महासङ्घका पूर्वसभापति उपाध्यायको गएराति हृदयाघातका कारण ९४ वर्षको उमेरमा निधन भएको थियो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले उपाध्यायले कठिन स्थितिमा पनि स्वाभिमानका साथ पत्रकारिता गरेको स्मरण गरे ।

महासङ्घका पूर्वसभापति हरिहर विरहीले आफ्नो स्वाभिमान र मुलुकको हितमा कसैसँग उपाध्यायले सम्झौता नगरेको बताए ।

महासङ्घका अध्यक्ष डा. महेन्द्र विष्टले उपाध्यायको पार्थिव शरीरमा संस्थाको झन्डा ओढाउँदै शोक मनाउन तीन दिन महासङ्घका तर्फबाट औपचारिक कार्यक्रम आयोजना नगरिने जानकारी दिए ।

146 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side Janamat health right side Samsung health right side bottom Below blog adv