मोटरसाइकल दुर्घटनामा नेकपा नेताको मृत्यु

मङ्लबार, मंसिर १०, २०७६



सुर्खेत । बाँकेको बैजनाथ गाउँपालिका–१ चिसापानीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सुर्खेतबाट नेपालगञ्जतर्फ आउँदै गरेको क१प १०६ नंको मोटरसाइकल गए राति  दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा जुम्ला तातोपानी गाउँपालिका–४ का मनिकेश गौतम रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक पविन्द्र बमले बताए।

उनका अनुसार गए राति करीब ८ः०० बजेतिर मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक गौतमको घटनास्थलमै मृत्यु भएको थियो । गौतम नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जुम्लाका स्थानीय नेता थिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata