मान्छे सर्प, बिच्छी समान लाग्छ !

बुधबार, चैत्र २६, २०७६

- रामेश्वर चौलागाईं




उपदेश सम्झन्छु पुर्खाको, झल्झली अहिले।
नजिक हुन आउने जतिसँग, सचेत छु म।।

किरा फटयांग्रा हुन् या, भुसुना किन नहुन्।
डराउछु यिनीसँग अहिले, अनि तर्सन्छु म।।

जुका, उडुस अनि जुम्राले, डस्दा सहन्थे पहिले।
छाक टरोस् भनि टिप्दै, नमारी फाली दिन्थे म।।

अंकमाल गर्ने साथि हुनकी, छिमेकी किन नहुन्।
डस्छन कि भन्ठान्छु, टाढैबाट भागि हाल्छु म।।

छैन विश्वास जीव निर्जीव, कुनैमा भरोसा अनि।
मान्छे सर्प, बिच्छी समान लाग्छ, लुक्दै बसेकोछु म।।

मान्छेले पाउनु जति, अधिकार सम्झिन्छ उसको।
छैन दिमाग अहिले, देख्छु चलाएको मुटु मात्र म।।

मनवता हराएको छ, मानवको यहाँ अहिले।
सम्झदैन कुनै साथ सहयोग, विवेकहिन पाउछु म।।

जति छन जिवात्मा सबै, छुन डराउछु अहिले।
काल मेरै पो बनेर, आएको हो कि सम्झन्छु म।।

नमारी नछाड्ने भनी ! उर्दि दिदै हिड्छ अहिले।
न देख्छु रुपमा न वायुमा! न हातले छुन सक्छु म।।

फैलिएको छ विश्वभरी, ढाकेको छ ढपक्कै अहिले।
ओखतीमुलो छ न कतै, न उपचार अचम्मै पर्छु म।।

चिन्ता छ केवल जिवनको, आफू र परिवारको।
हिरामोति, महल र नगदको, कुरुवा बसेको छु म।।

बन्यो कसरी जगतभरी! घुमिघुमी डस्यो बनी दुश्मन।
के काम ति सस्त्रअस्त्र अणुवम! त्यो बुझ्न चाहन्छु म।

 रामेश्वर चौलागाईं

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments