मनहरीमा गाउँपालिकामा एमाले विजयी

शुक्रबार, जेष्ठ ५, २०७४

loading...


हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्षमा नेकपा एमाले विजयी भएको छ । एमालेका एकराज उप्रेतीले चार हजार ६४० मत ल्याएर अध्यक्षमा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका शङ्कर न्यौपानेले चार हजार ३४९ मत प्राप्त गरेका थिए ।

उपाध्यक्षमा एमालेकी मनिला विष्टले चार हजार ६२१ मत प्राप्त गरी विजयी भएकिछिन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी कमला कार्कीले चार हजार १९७ मत प्राप्त गरेकी थिइन् ।

कुल १३ हजार ९७० मत खसेको मनहरीमा चार वडामा एमाले र दुई÷दुई वडामा नेकपा (माओवादी केन्द्र) र काँग्रेसले विजय प्राप्त गरेका छन् । वडा नम्बर– ९ मा भने स्वतन्त्र उम्मेदवार साधुराम अधिकारी विजयी भएकाछन् । १० वटा स्थानीय तहमध्ये नौ वटाको मतगणना सकिएको छ ।

682 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side Samsung health right side Samsung health right side bottom