एक चौथाइ जनसङ्ख्या गम्भीर रोगको जोखिममा, १ अर्ब ४० करोड मान्छे निस्कृय

बुधबार, भदौ २०, २०७५



एजेन्सी । पर्याप्त मात्रामा सक्रिय नभएका कारण विश्वको एक चौथाइभन्दा बढी मानिसहरू गम्भीर रोगहरूको जोखिममा रहेको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले चेतावनी दिएको छ।डब्ल्यूएचओको एउटा अध्ययन प्रतिवेदन अनुसार विश्वको १ अर्ब ४० करोड जनसङ्ख्याले पर्याप्त शारीरिक व्यायाम गर्दैन र सन् २००१ यता यो अवस्थामा खासै प्रगति देखिएको छैन।

शारीरिक रूपमा निष्क्रिय हुँदा मुटुसम्बन्धी रोग, मधुमेह र केही प्रकारका क्यान्सरजस्ता कैयौँ रोग हुने जोखिम हुन्छ। ब्रिटेनसहित उच्च आय भएको देशका मानिसहरू थोरै शारीरिक व्यायाम गर्ने गरेको पाइएको छ।

सर्वेक्षण

एशियाका दुई क्षेत्रमा बाहेक विश्वभरि महिलाहरू अझ बढी निष्क्रिय रहेको पाइएको सो अध्ययनले उल्लेख गरेको छ। डब्ल्यूएचओका अनुसन्धानकर्ताहरूले शारीरिक क्रियाकलापबारे १६८ वटा देशमा जनसङ्ख्यामा आधारित आफैँले तयार पारेको ३५८ वटा सर्वेक्षणलाई हेरेका हुन्। ती सर्वेक्षणहरूमा १९ लाख जनसङ्ख्या सामेल थियो। अध्ययन प्रतिवेदन ल्यान्सेट पब्लिक हेल्थ नामक जर्नलमा प्रकाशित भएको छ।

अनुसन्धानकर्ताहरूका अनुसार उच्च आय हुने ब्रिटेन र संयुक्त राज्य अमेरिकासहितका मुलुकमा शारीरिक रूपमा निष्क्रिय हुने जनसङ्ख्या सन् २००१ मा ३२ प्रतिशत रहेकोमा सन् २०१६ मा बढेर ३७ प्रतिशत पुगेको पाइएको छ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata