सात घण्टाका लागि आइफेल टावरमा प्रवेश निषेध किन गरियो ?

मङ्लबार, जेष्ठ ७, २०७६



एजेन्सी । फ्रान्सको राजधानी पेरिसमा रहेको आइफेल टावरमा सोमबार सात घण्टाको लागि पूर्णत प्रवेश निषेध गरियो। टावरमा पाहिलेदेखि नै रहेकाहरुलाई तल झर्न  दिइएन।

People were stuck on the Eiffel Tower after a person scaled the landmark.

सोमबार दिउँसो एक व्यक्ति फ्रान्सको प्रसिद्ध संरचना आइफेल टावरलाई क्षति पुर्याउने उद्देश्यले टावरको बीच भागमा झुन्डिएको अवस्थामा भेटिएका थिए।  पुलिस अधिकारीहरुले सो व्यक्तिलाई हाल हिरासतमा लिइसकेका छन्।

“फ्रान्सेली क्रान्तिको स्मारक मानिने टावरमा सो व्यक्ति उचाई नापे झैँ  देखीयता पनी टावरलाई ट्रिगर गर्न  गैरकानूनी कार्य गरिरहेको हाम्रो ठहर छ।”, पेरिस पुलिसका प्रवक्ताले  सीएनएनलाई बताए। “पेरिसको ल्यान्डमार्क स्केलिङ गर्ने उनको प्रेरणा अस्पष्ट रहेको छ ।”, उनले बताए।

View image on Twitter

Paige@PaigeMcSorley

WHY WOULD YOU CLIMB UP THE EIFFEL TOWER

108 people are talking about this

उक्त व्यक्तिले हिरासतमा लिएपश्चात पनि  सात घण्टा  पेरिसका प्रहरी अधिकृतहरुले छानबीन जारी राखेका थिए ।

सन् १८९९ मा निर्माण सम्पन्न  गरिएको ३२४ मिटर(१०६२ फिट) अग्लो सो टावरको डिजाइन गुस्ताभे आइफेलले गरेका हुन्। गत  हप्तामात्रै 130 औं वार्षिक उत्सव मनाएको सो टावरमा यस्ता गैरकानुनी घटना भएको भने यो पहिलोपटक होइन। सन् २०१० मा बम  बिस्फोट, सन् २०१३ र १५ मा टेरर अट्याक जस्ता घटनाहरु पछिल्ला गैरकानुनी घटनाहरु हुन्।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank