मालीमा १८ शान्ती सेना घाइते

शनिबार, पुस २६, २०७६



एजेन्सी । संयुक्त राष्ट्रसंघको तर्फबाट मालीको दक्षिणी क्षेत्रमा शान्ति स्थापनाका लागि खटिएका १८ शान्ति सेना घाइते भएका छन् । राष्ट्रसंघका प्रवक्ता स्टेफन डुजार्रिकले उक्त घटनाको पुष्टि गरेका हुन् ।

“संयुक्त राष्ट्रसंघको तर्फबाट शान्ति मिसनमा पठाइएका शान्ति सेना बसेको सैन्य शिविरमा आज बिहान आक्रमण भएको खवर आएको छ, किडाल क्षेत्रको तेस्सालितमा रहेको शिविरमा आक्रमण भएको हो,” प्रवक्ता  डुजार्रिकले भने।

सो मिसनमा माली र अन्तर्राष्ट्रिय सुरक्षा फौजका सुरक्षाकर्मीहरु खटिएको पनि उनले जानकारी दिए । उनले प्रारम्भिक विवरणमा १८ शान्ति सेना घाइते भएको जानकारी आएको र अन्य विवरण आउने क्रममा रहेको पनि बताए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments