मलेसिया जाने प्रक्रिया चाँडै टुङ्गोमा पुग्ने

आइतवार, जेष्ठ १२, २०७६



मलेसिया जान चाहने नेपाली श्रमिकको लागि स्वास्थ्य परीक्षण गर्ने संस्थाको छिट्टै टुंगो लाग्ने भएको छ ।

मलेसियाका मानव संसाधन मन्त्री एम कुलसेगरनसँग मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले भेट गरेर नेपाली श्रमिकको स्वास्थ्य परीक्षण गर्ने संस्थाको छनोटका सम्बन्धमा चाँडै निकास निकालिने जानकारी दिएका हुन् ।

राजदूत पाण्डेले गोरखापत्रसँग कुरा गर्दै मलेसियाका मानव संसाधन मन्त्री कुलासेसँगको भेटका क्रममा नेपाल र मेलेसिया सरकारबीच भएको द्विपक्षीय श्रम सम्झदारीअन्तर्गत रही सुरक्षा गर्न थप उपायबारे पनि छलफल भएको जानकारी दिए ।

यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank