अब विना लगानी कामका लागि मलेसिया जान पाइने

आइतवार, कार्तिक ११, २०७५



काठमाडौं । अब नेपाली कामदारले विना लगानी मलेसिया जान पाउने भएका छन् । बन्द रहेको मलेसिया रोजगारी सुचारु गर्न त्यहाँका मानव संशाधन मन्त्री एम कुलेसेगरन आज काठमाडौं आएपछि खुल्नेछ । नेपालीका लागि ६ महिनादेखि बन्द मलेसियाको रोजगारी पुनः सुचारु गर्न दुवै मुलुकबीच समझदारी पत्रमा आज हस्ताक्षर हुने भएको छ ।

समझदारी पछि कामदारको सम्पूर्ण खर्च मलेसियन रोजगारदाताले ब्यहोर्नेछ । म्यानपावरले सेवा शुल्कवापत कामदारसँग पारिश्रमिकको आधा महिनाको मात्र शुल्क लिन पाउनेछन् । काममा लागेपछि कामदारको आतेजाते टिकट रोजगारदाताले ब्यहोर्नेछ ।

६ महिना अघिकै प्रक्रिया अनुसार मलेसियाले नेपालबाट कामदार लैजाने भए पनि अबदेखि कामदारको सम्पूर्ण खर्च मलेसियन रोजगारदाताले बेहोर्ने छन् ।

143 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank